Saturday, March 23

बिज्ञान प्रबिधि

झुक्किएर पनि मोबाइलमा यी ४ कुरा सेभ नगर्नु, गरे सजिलै हुन्छ लिक !

झुक्किएर पनि मोबाइलमा यी ४ कुरा सेभ नगर्नु, गरे सजिलै हुन्छ लिक !

Posted in बिज्ञान प्रबिधि
एजेन्सी । हामी पछिल्लो समय पुरै प्रविधियुक्त साधनमा निर्भर भएका छौ । दिमागलाई कति दुख दिन चाहान्नौँ । यसैले हरेक कुरा मोबाईल वा अरु डिभिाईसमा सेभ गर्ने चाहिएको बेला हेर्ने बानी छ । तर सम्भिने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न गरेको यो कार्यले धेरैलाई पछुतो महसुस गराई सकेको छ । यसैले हामी सचेत गराउँदैछौ । मोबाइल फोनमा आफ्ना संवेदनशील सूचना, तस्वीर, लगायतका चिजहरु सेभ गर्ने गर्नुभएको छ भने सावधान । तपाइँले आफ्नो मोबाइलमा कहिल्यैपनि यी चिजहरु सेभ नगर्नुहोस्ः पर्सनल नम्बरः कहिलेकाहीँ मानिसहरु आफ्नो नागरिकता नम्बर, पासपोर्ट नं. , प्यान नम्बर, बैंक अकाउन्ट नम्बर आदि समेत आफ्नो मोबाइलमा सेभ गर्दछन् । आकस्मिक रुपमा आवश्यक परेमा तत्कालै प्राप्त गर्न सकिने सजिलोका लागि मानिसहरुले यसो गरेका हुन्छन् । तर यस्ता नम्बरहरु गोप्य तथा संवेदनशील हुन्छन् । त्यसैले भुलेर
साइबर अपराधमा १ करोड जरिवाना, १५ वर्ष जेल

साइबर अपराधमा १ करोड जरिवाना, १५ वर्ष जेल

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवम् सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि १ करोडसम्म जरिवाना हुने साथै ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । विधेयक कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदको निर्णयका लागि प्रधानमन्त्री कार्यालय पुगिसकेको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि संसद सचिवालयमा दर्ता गरिनेछ । संसदमा छलफल र आवश्यक परिमार्जनपछि यसले कानुनी मान्यता पाउनेछ । समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।
तपाईले खल्तिमा बोक्ने मोवाइलको ब्याट्री जतिबेला पनि पड्किन सक्छ र ज्यानै जान सक्छ, यसरी अपनाउनुहोस् सजकता

तपाईले खल्तिमा बोक्ने मोवाइलको ब्याट्री जतिबेला पनि पड्किन सक्छ र ज्यानै जान सक्छ, यसरी अपनाउनुहोस् सजकता

Posted in बिज्ञान प्रबिधि
काठमाडौँ । पछिल्लो समय सामसुङको स्मार्टफोनको ब्याट्रि पड्केको खबरहरु आइरहेका छन् । विराटनगरमा शुक्रबार मात्रै मोबाइलको ब्याट्री पड्केर एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले ओएसनेपाललाई जानकारी दिए । आगो बालेर ताप्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने भएको छ । सामसुङ नोट–२ मा यस्तो समस्या देखिएको थियो । यस्ता घटनाका कारण यसको विक्रीमा पनि रोग लगाइएको थियो । यस्तो घटना कम्पनीको गुणस्तरमा मात्रै भर पर्दैन, प्रयोगकर्ताको तर्फबाट पनि केही गल्ति हुनसक्छ । तपाई पनि यस्तो गल्ति नगर्नुहोस् भन्नका लागि केह
युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख सम्म (तरिका सहित)

युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख सम्म (तरिका सहित)

Posted in बिज्ञान प्रबिधि
काठमान्डौ , धेरै अभिभावक आफ्ना सन्तानलाई ‘धेरै नेट नचला है’ भनेर गाली गर्छन्। यसको आशय इन्टरनेट चलाएर आफ्नो उत्पादनशील समय खेर गएको भन्ने बुझ्न सकिन्छ। इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी पाउँथे। कम्पनीले नाफा कमाउँथे। अहिले जमाना फेरिएको छ। श्रव्य क्यासेट, सीडी, सीआरबीटी हुँदै संगीत व्यवसाय युट्युबमा केन्द्रित छ। मोरङका कृष्ण उदासको आफ्नै युट्युब च्यानल छ। उनले आफ्ना सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आएका छन्। ‘प्रविधिलाई आत्मसात् गर्दा सामान्य मान्छेले पनि कला प्रस्फुटन गरेर आम्दानी गर्न सक्दो रहेछ’, उनले भने। उनी युट्युबबाटै मासिक चार सय अ मेरिकी डलर कमाइरहेका छन्।उनका दुई युट्यु
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । “मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो । करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत