Saturday, March 23

अन्तर्राष्ट्रिय समाचार

यूएई र ओमान जाने नेपाली कामदारलाई खुसीको खबर, शून्य लागतमा कामदार लैजान सहमत

यूएई र ओमान जाने नेपाली कामदारलाई खुसीको खबर, शून्य लागतमा कामदार लैजान सहमत

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । नेपालीहरुको वैदेशिक रोजागारीको प्रमुख गन्तव्य मुलुक मध्येका हुन् यूएई र ओमान । उक्त मुलुकमा कामदार पठाउन व्यवस्थित गर्ने नेपाल सरकारको तयारी प्रभावकारी बन्दै गएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको ५ सदस्यीय नेपाली टोलीले गएको आइतबार र सोमबार ओमान तथा बुधबार र बिहीबार युएईका अधिकारीसँग नेपाली कामदारको पठाउने तथा उनीहरुको सुरक्षालगायतका विषयमा छलफल गरेको छ । सो क्रममा ओमान र युएई शून्य लागतमा नेपाली कामदार लैजान सकरात्मक भएका छन्। शून्य लागतसहित कामदारको सुरक्षाको सुनिश्चितसहितको श्रम समझदारी गर्न नेपालले गरेको प्रस्तावमा दुवै देश सकरात्मक भएका हुन् । दुुवै देशलाई नेपालले शूून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभुुति गर्ने, अन्तर्राष्ट्रिय रुपमा स्थापित जिसिएम र आइएलओको म
यसरी सम्भव छ मङ्गल ग्रहमा मानवबस्ती ! (भिडियो रिपोर्ट)

यसरी सम्भव छ मङ्गल ग्रहमा मानवबस्ती ! (भिडियो रिपोर्ट)

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौँ। मार्स अर्थात् मङ्गल ग्रह जो एउटा मरुभूमिको ग्रह हो जहाँ जीवनको कुनै सम्भावना छैन। तर केही वैज्ञानिकहरू टेराफॉर्मिंगको अवधारणबाट मङ्गल ग्रहलाई पृथ्वी जस्तै हरियाली बनाउन सकिन्छ र त्यहाँ पनि मानिसहरको बस्ती बसाल्न सकिन्छ भन्नेमा विश्वस्त छन्। टेराफॉर्मिंग कतिपय व्यक्तिहरूको लागि नौलो शब्द पनि हुन सक्छ। तर यो कुनै नौलो शब्द होइन। वैज्ञानिकहरू धेरै समय अगाडि देखि यो प्रोसेसको आधारमा बिरानो ग्रहमा मानवबस्ती बनाउने सपना देखिरहेका छन् र त्यसमा सबैभन्दा पहिले मङ्गल ग्रहको नाम आउँछ। आउनुहोस् जानकारी हासिल गरौँ टेराफॉर्मिंगको के हो र मङ्गल ग्रहमा कसरी जीवन जिउन सकिन्छ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।
चीनले पहिलोपटक चन्द्रमामा उम्रायो विरुवा

चीनले पहिलोपटक चन्द्रमामा उम्रायो विरुवा

Posted in अन्तर्राष्ट्रिय समाचार
अन्तरिक्षयान यही जनवरी ३ (पुस १९) मा चन्द्रमामा अवतरण गरेको थियो। कपासको बिउ रोप्ने योजना चीनको मुन मिसनको एउटा भाग भएको चाइनाडेलीले उल्लेख गरेको छ। चन्द्रमामा यो चिनियाँ यान अवतरण पनि अन्तरिक्षको खोजमा महत्वपूर्ण कदम भएको चिनियाँ मिडियाहरूले लेखेक छन्। यसअघिसम्म चन्द्रमाको वल्लो भागमा मात्र अन्तरिक्ष यानहरू पठाउन सकिएकोमा पल्लो भाग (दक्षिणी ध्रुव) मा अन्तरिक्षयान ल्यान्ड गरेको पहिलोपटक हो। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा पहिलोपटक मानिसले अन्तरिक्षयान अवतरण गरेको हो। चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षयानमा कपास र आलुको बीउसहितको माटो, मर्चा र झिंगाको अण्डाजस्तो वस्तु लिएर गएको बीबीसीले लेखेको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पहिलो पटक हो। चन्द्रमामा
आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिको उद्धार

आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिको उद्धार

Posted in अन्तर्राष्ट्रिय समाचार
नैरोबी – केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ । यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह् अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो ।आक्रमणमा सयौँ व्यक्ति फेसेका र ती व्यक्तिहरुलाई उद्धार गरिएको यहाँका राष्ट्रपति उहुरु केन्याताले बताउनुभएको छ । आतङ्ककारी समूहले करीब २० घण्टा सो होटेल परिसर कब्जामा लिएका जनाइएको छ ।विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ । होटेल परिसरमा फसेका दर्जनौँ व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३ः३० बजे भाग्न सफल भएका थिए । अझै पनि
अमेरिकी राष्ट्रपतिका लागि दाबेदारी दिने पहिलो हिन्दू सांसद तुलसी गबार्ड को हुन् ?

अमेरिकी राष्ट्रपतिका लागि दाबेदारी दिने पहिलो हिन्दू सांसद तुलसी गबार्ड को हुन् ?

Posted in अन्तर्राष्ट्रिय समाचार
अमेरिका हवाई प्रान्तकी सांसद तुलसी गबार्ड सन् २०२० को राष्ट्रपति चुनावको लागि दावेदारी पेस गर्दैछिन् ।३७ वर्षीया तुलसी गबार्ड अमेरिकाको डेमोक्रेटिक पार्टीकी त्यस्ती नेता हुन् जसले २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको सट्टा बर्नी स्याण्डर्सलाई समर्थन गरेकी थिइन् ।उनी सन् २०१६ मा डेमोक्रेटिक नेसनल कमिटी (डीएनसी)की उपाध्यक्ष थिइन् तर स्याण्डर्सलाई समर्थन गरेपछि उनले यो पदबाट राजीनामा दिएकी थिइन् ।सन् १९८१ मा अमेरिकाको समोआ भन्ने ठाउँमा जन्मिएकी तुलसी गबार्ड अमेरिकाको इतिहासमै सबैभन्दा कम उमेरमा जनप्रतिनिधि बन्ने नेता हुन् । त्यतिबेला उनी मात्र २१ वर्षकी थिइन् ।स्टेट सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा हावा तथा सौर्य उर्जाको लागि आवश्यक उत्पादनको ट्याक्समा छुट दिने नियमको समर्थन गरेकी थिइन् ।त्यसपछि उनले हवाई सेना ‘नेसनल गार्ड सर्भि स’मा संलग्न भएर एक वर्षको
चीनको ऐतिहासिक सफलता : चन्द्रमामा पहिलो पटक उमार्‍यो बीउ

चीनको ऐतिहासिक सफलता : चन्द्रमामा पहिलो पटक उमार्‍यो बीउ

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौँ , पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार .चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् । चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’गेङशिनका अनुसार यानले पठाएको तस्बि रमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए । चीनले गएको महिना मा
विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक हिन्दू नारी तुलसीको उम्मेद्वारी

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक हिन्दू नारी तुलसीको उम्मेद्वारी

Posted in अन्तर्राष्ट्रिय समाचार
सीएनएन । अमेरिकाको नयाँ राष्ट्रपति पदमा पहिलो पटक एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन्। उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन्। सीएनएनसँगको कुराकानीमा अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन्। उनले यस निर्णय लिनुका पछाडि कयौँ कारण रहेको भन्दै उनले विभिन्न चुनौतीको सामना गरिरहेका र मेरो बारेमा चिन्तित रहेका नागरिकलाई आफूले सहयोग गर्न चाहेको बताइन्। कुराकानीका क्रममा उनले भनिन्, यहाँ स्वास्थ्य सेवाको पहुँच, अपराधिक न्याय सुधार तथा जलवायु परिवर्तन जस्ता मुख्य समस्या छन्। म त्यस्ता समस्यासँग जुध्न चाहन्छु। ३७ वर्षकी तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन्। तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई प
चैतदेखि जापानले कृषि ,नर्सिङ ,औद्योगिक , रेस्टुरेन्ट, निर्माणका लागि नेपाली कामदार लैजाने

चैतदेखि जापानले कृषि ,नर्सिङ ,औद्योगिक , रेस्टुरेन्ट, निर्माणका लागि नेपाली कामदार लैजाने

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं – जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताउनुभएको छ । नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै चैतदेखि नेपाली कामदार जान पाउने बताउनुभएको हो । जापानले कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपालीसहित चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने बताएको छ ।नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो
नेपाली श्रमिकलाई जापान लाने र सिधा हवाई उडान सेवा सम्झाैता गरेर फर्किए जापानी विदेशमन्त्री

नेपाली श्रमिकलाई जापान लाने र सिधा हवाई उडान सेवा सम्झाैता गरेर फर्किए जापानी विदेशमन्त्री

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौँ – नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गर्नुभयो । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो । वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकब
चीनले भारतसँग जोडिएको सीमा क्षेत्रमा राख्यो होवित्जर तोप

चीनले भारतसँग जोडिएको सीमा क्षेत्रमा राख्यो होवित्जर तोप

Posted in अन्तर्राष्ट्रिय समाचार
चीनले भारतसँगको सीमामा होवित्जर तोप राखेको छ । भारतसँगको सीमामा रहेका आफ्ना सैनिकको युद्ध क्षमता सुधार्न चीनले भारतसँग सीमा जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप राखेको चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सले जनाएको छ । होवित्जर तोप एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने जनाएको छ ।चिनियाँ जनमुक्ति सेना(पीएलए)का अनुसार चिनियाँ सीमामा अझै पनि विवाद रहेको र विभिन्न चरमपन्थी समूहसँग सामना गर्न आफ्नो युद्ध क्षमता बढाएको जनाएको छ । चिनियाँ सीमामा अझै पनि विवाद रहेको भन्दै भारतसँग सीमा जोडिएको तिब्बतमा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरु राखेको हो । भारत–चीनबीचको सीमा विवादकै कारण विभिन्न समयमा कुटनीतिक समस्या पनि आउने गरेको छ ।तिब्बतमा भौगोलिक रुपमा सैनिकहरुलाई कठिन हुने गरेको कारण पीएलएले मनोबल र इच्छाशक्ति बढाउने खालका विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेको छ।