Saturday, March 23

चीनले भारतसँग जोडिएको सीमा क्षेत्रमा राख्यो होवित्जर तोप

चीनले भारतसँगको सीमामा होवित्जर तोप राखेको छ । भारतसँगको सीमामा रहेका आफ्ना सैनिकको युद्ध क्षमता सुधार्न चीनले भारतसँग सीमा जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप राखेको चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सले जनाएको छ । होवित्जर तोप एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने जनाएको छ ।चिनियाँ जनमुक्ति सेना(पीएलए)का अनुसार चिनियाँ सीमामा अझै पनि विवाद रहेको र विभिन्न चरमपन्थी समूहसँग सामना गर्न आफ्नो युद्ध क्षमता बढाएको जनाएको छ ।

चिनियाँ सीमामा अझै पनि विवाद रहेको भन्दै भारतसँग सीमा जोडिएको तिब्बतमा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरु राखेको हो । भारत–चीनबीचको सीमा विवादकै कारण विभिन्न समयमा कुटनीतिक समस्या पनि आउने गरेको छ ।तिब्बतमा भौगोलिक रुपमा सैनिकहरुलाई कठिन हुने गरेको कारण पीएलएले मनोबल र इच्छाशक्ति बढाउने खालका विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेको छ।

प्रतिकृया दिनुहोस्