Saturday, March 23

गायक सुनील सिंह ठकुरीको गीतमा ‘बुगी वुगी’ विजेता कविता र निराजनको यस्तो रोमान्स (भिडियो)

काठमाडौँ- चर्चित डान्सिङ रियालीटी शो ‘बुगी वुगी’ विजेता कविता नेपालीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा मा देखिन थालेकी उनी अभिनति ‘धेरै टाढा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।सोमबार युटुबमा सार्वजनिक भएको सो म्युजिक भिडियोमा कवितालाई मोडल निराजन प्रधानले अभिनयमा साथ दिएका छन् ।

गीतमा भने गायक सुनील सिंह ठकुरीको आवाज रहेको छ ।गायक कमल खत्रीको संगीतमा बनेको यस गीतमा जीत चन्दको शव्द रचना रहेको छ भने विजेश्वरराज ठकुरीको एरेन्ज रहेको छ ।यता भिडियोमा भने अर्जुन अधिकारीको निर्देशन रहेको छ । यस्तै उत्सव दाहालले खिचेको सो भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस्