Saturday, March 23

अनुहार चम्काउनुस चाहनुहुन्छ ?यदि चाहनुहुन्छ भने घरमै बसी बसी यसरी चम्काउनुस अनुहार यो तरिकाले

नोट:- उक्त भिडियो अन्तिमा रहेको छ

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ ।

कागती कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ । अनारको जुस अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।
तुलसी किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ । खाना बार्ने चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

बेडरूममा काटेको कागती राख्दा हुनेछ अचम्मका फाइदा

एजेन्सी । कागतीले खानेकुरालाई स्वादिष्ट बनाउने मात्र होइन, यसको स्वच्छ सुगन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । कागतीमा धेरैथरी एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल सामग्रीहरू उपलब्ध छन् । आफ्नो ओच्छ्यानको छेउमा कागतीका टुक्रा राख्दा तपाईंलाई शारीरिक र मानसिक फाइदा हुन्छन् । रातभरि कोठामा कागती राख्दा रुघा र श्वासप्रश्वासको समस्या पनि निको हुन्छ ।

कागतीको टुक्रा अत्यन्त सकारात्मक र पुनर्ताजगी दिने खालको हुन्छ र यसले मानिसको जीवनमा परिवर्तन ल्याइदिन्छ । तनाव र डिप्रेसन छ भने यसले स्ट्रेसको स्तर घटाउँछ र जीवन सहज बनाउँछ ।

राम्रा रेस्टुराँहरूमा कागतीका रुख रोपिएका हुन्छन् जसले ग्राहकलाई आराम दिलाउँछन् । घर स्वच्छ राख्न तपाईं पनि कागतीको सुगन्धयुक्त स्प्रे छर्न सक्नुहुन्छ । छालाका कैयौं समस्यालाई कागतीका टुक्राले निको बनाइदिन्छ । विशेषगरी कुइनो र घुँडो जस्ता खस्रा भागमा कागती दल्दा गजब हुन्छ । कागतीले नङ सेतो बनाउने, सास स्वच्छ राख्ने र गोडा मुलायम बनाउने काम गर्छ । कागतीले बाथ, अपच र गठियाको समस्या पनि समाधान गर्छ ।

यस कारण भुलेर पनि नराख्नुस् विवाहितसँग सम्बन्ध पुरा पढ्नुहोस

आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् ।

यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।
गलतः यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।

दोश्रो प्राथमिकताः यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।

झुटको जगः तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।

मनमा अशान्तिः आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नु

प्रतिकृया दिनुहोस्