Tuesday, January 22

बम्जनको आश्रममा एक्कासी प्रहरीको छापा मार्दा भागाभाग प्रहरी नै परे चकित , शव गाडिएको स्थान खोजिँदै (भिडियो सहित)-

काठमाडौँ- तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास थालेको हो ।

बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ ।

बमजनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनी र इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टरसहितको टोलीले खोजतलास गरिरहेको हो।

जिल्ला अदालत सिन्धुपाल्चोकबाट आश्रममा खानतलासी गर्न बिहीबार अनुमति मिलेपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो। बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन्।

प्रतिकृया दिनुहोस्