Saturday, March 23

समिक्षा मुख छोपेर नै लजाईन भिडियो हेरेर, परिवार सङ्गै आईन मिडियामा ! भाइरल बाल गायिका समिक्षा अधिकारीले गएको गीतले चर्चा लिएपछि, कतारमा काम गर्दै आएका उनका बुवा छोरीको गीत भाइरल भएपछि कहिले कतार नफर्कने गरि नेपाल आए (भिडियोसहित)

युटुबमा भाइरल हुनु अगावै गायिका समिक्षा अधिकारीले ‘नाई नभन्नु ल ५’ चलचित्रमा समावेश ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाइसकेकी थिइन् । तर, उनलाई दर्शकले अहिले मात्र बढी नोटिस गरेका छन् । उनै भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा समावेश ‘बनमा काँफल’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका संगीतकार बसन्त सापकोटा, भिडियो निर्देशक सरोज वली, गायिका अधिकारी, उनका पिता र दिदीको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । दिनेश थपलियाको शब्द रहेको यो गीतले विदेश गएका आफ्ना बुबालाई नेपाल फर्कन एक छोरीले गरेको आग्रहलाई प्रस्तुत गरिएको छ ।

प्रभा आचार्य सह–निर्देशक रहेको भिडियोमा सुदिप बरालको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ । भिडियोमा समिक्षा आफैले अभिनय गरेकी छिन् । उनको साथमा देशभक्त खनाल, बसन्त सापकोटा लगायतले पनि भिडियोमा अभिनय गरेका छन् ।

कार्यक्रममा बोल्दै समिक्षाले आफूले ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाएपछि मिडियाले खासै नखोजेको र अहिले खोजिएको बताइन् । उनले, आफू भाइरल भन्दा पनि स्थायी गायिका बन्न चाहेको खुलाइन् । भिडियोमा अभिनय गर्दा आफूलाई लाज लागेको उनले सुनाइन् ।

कार्यक्रममा समिक्षाका पिता पनि उपस्थित थिए । कतारमा काम गर्दै आएका उनका पिता छोरीको गीत भाइरल भएपछि नेपाल आएका हुन् । उनले आफू फेरि कतार फर्किने वा नफर्किने भन्ने कुरा त कसैले पनि नदेखेको बताउँदै छोरीको सफलताले खुशी लागेको सुनाए ।

प्रतिकृया दिनुहोस्