Tuesday, January 22

जब कुकुरले भन्दा पहिला कुकुर मालिकले यी महिलालाई टोके

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक अनौठो घटना भएको छ । खासमा, यहाँ एक महिलालाई हातमा टोकेको आरोपमा एक युवकलाई प्रहरीले हिरासतमा लियो ।

ती युवाविरुद्ध मुद्दा चलाइएको छ । र ती हाल जेलमा छन् । तर यो समाचार चर्चामा आउनुको कारण भने फरक छ । अनौठो कारण भएकाले यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

मीडिया रिपोट्र्सका अनुसार महिला बिहीबार अकल्याण्ड रीजनल र्पाकमा जगिंग गर्न गएकी थिइन् । यस क्रmममा एक कुुकुरले ती महिलालाई टोक्न प्रयास गर्यो । कुकुरबाट बच्न पहिला त महिला दौडिइन् ।

यसैबीच कुकुरका मालिकले अचानक महिलामाथि आक्रमण गरे । दाँतले ती महिलाको हातमा टोकिदिए । कुकुरका मालिकाले आक्रमण गर्दा महिलालाई चोट पनि लागेको छ । स्थानीय प्रहरीले ती महिलालाई कुकुरले नभई उसको मालिकले टोकेको बताएको छ । तर पनि हाल ती युवालाई जेलमा हालिएको छ ।

सामाजिक सञ्जालमा मानिसहरुले ती युवकमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्