Tuesday, January 22

८ वर्षिया पूजाको जादुमय स्वरसंगै नृत्यपनि, अन्तर्वार्तामै देखाइन् डान्स (भिडियो)

काठमाडौं – अद्‌भुत क्षमता भएकी ९ वर्षीया पूजा देवकोटा अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएकी छिन्। उनी सारै मिठो र सुमधुर आवाजमा लोकदोहोरी गाउने गर्छिन्। कैलालीकी पूजा देवकोटा आफ्नो बुवा खोज्दै काठमाडौँ आएकी हुन् । सानै उमेरमा बाबालाई खोज्ने साहस लिएर हिँडेकी पूजाको अबका दिनहरूमा गीत रेकर्डिङ गराउने तयारी रहेको छ। उनको आवाजमा रहेको गीत छिट्टै नै बजारमा आउनेछ।

उनले काठमाडौँ आएर विष्णु माझी, मनिष लिम्बू र देवी घर्ती मगरजस्ता गायक गायिकालाई भेट्ने मौका पाएकी थिइन्। उनको भविष्यमा समाजसेवी र गायिका बन्ने सपना रहेको छ।भाइरल पूजा देवकोटालाई अहिले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। पूजाले अन्तर्वार्ताहरुमा आफ्ना बुबा चार वर्षदेखि हराएको कुरा पनि बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्