Saturday, March 23

अनमोललाई स्वागत गर्न विमानस्थल आइन सुहाना, हेर्नुहोस

काठमाडौँ, गएको मंगलबार अमेरिका उडेका अभिनेता अनमोल केसीलाई अमेरिकाको डीसी डलस विमानस्थलमा नव-नायिका सुहाना थापाले स्वागत गरेकी छिन् ।

अनमोललाई स्वागत गर्न सुहाना सहित झरना थापा र निर्माता सुनिलकुमार थापा पनि विमानस्थल पुगेका थिए।

अभिनेता भुवन केसीका छोरा अनमोल केसी फिल्म ‘ए मेरो हजुर ३’ को छायांकनको लागि अमेरिका पुगेका हुन्। फिल्म ए मेरो हजुर ३ को एउटा गीत र केही दृश्य अमेरिकामा खिचिनेछ ।

अभिनेत्री तथा फिल्मकी निर्देशक झरना थापाकी एक मात्र छोरी सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ३’ डेब्यु चलचित्र हो । अनमोल अहिले २ चलचित्रको ब्याक टू ब्याक छायांकनमा व्यस्त छन् । अहिले भने उनि चलचित्र ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ को छायांकनमा व्यस्त रहेका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस्