Tuesday, January 22

अमेरिकामा हुँदा रविको चर्चित नेपाली हिरोनी करिश्मा मानन्धरसंग पनि सम्बन्ध रहेको खुलासा !

काठमाडौं। टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनकी पूर्वपत्नी इशा लामिछानेको विवाद यसपटक सार्वजनिक भयो । रवि लामिछानेसँगको सम्बन्धबारे एक अनलाईनसँग कुराकानी गर्दै पूर्वपत्नी इशाले एक अंशमा भनेकी छिन्, ‘म अमेरिका गएपछि रविजी ति महिलासँग टाढिनुभयो ।

दुवैजना विवाहित भएकोले सम्बन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई । म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ ।

जहान–परिवारवाली प्रतिष्ठित (अहिले ‘प्रतिष्ठित’ हटाएको) व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ ।’ इशाले नेपालकी प्रतिष्ठित र जहान–परिवारवाली भनेर कसलाई भनेकी हुन् त ? उनले यति सूचनाबाहिर ल्याएपछि मिडिया क्षेत्रमा ति महिला फिल्म नायिका करिश्मा मानन्धर हुन् भनेर चर्चा हुन थाल्यो ।

तर कसैको नाम लिएर टिकाटिप्पणी गर्नु शोभनीय हुँदैन । सम्बन्ध रहेकै भए पनि निजी मामिला उचालेर कसैको बारेमा नकारात्मक टिप्पणी गर्नु अझै असभ्य हुन सक्छ । संयोग कस्तो पर्‍यो भने, पत्रकार ऋषि धमलाले तीन वर्षअगाडि आफ्नो कार्यक्रम ‘धमलाको हमला’मा यहि कुरा उठाएका रहेछन । पत्रकार धमलाले सदावहार नायिका करिष्मामाथी हमला गर्दै सोधेका केहि प्रश्नहरु यस्ता छन:

तपाईले बिनोद मानन्धरलाई मन पराउनु भन्दा अघि अरु कसैलाई मन पराउँनु हुन्थ्यो ?
-मन पराउँथेँ होला ।
रबि लामिछानेलाई तपाईले साह्रै मन पराउँनु हुन्थ्यो त्यो कुरा सत्य हो कि होईन ?
-बींग अ फ्रेण्ड म उलाई राम्रो सँग मन पराउछु । साथिको हिसाबले ।
तपाई रविको कारणले मायाले गर्दा अमेरिका जानु भो नि ?
-तपाईले यस्तो कुरा सोध्नु हुन्छ भन्ने अपेक्षा मैले गरेको थिइन । तर म अमेरिका गएको रबिको कारणले होईन तर अवश्य म अमेरिका गएपछि उसलाई भेटेको अवश्य हो ।
रबि लामिछानेको व्यक्तित्व तपाईलाई मनपर्यो ?
-व्यक्तित्व भन्दा पनि उहाँ राम्रो मान्छे हो हाम्रो घरमा पहिले देखि स्टाफ हुनुहुन्थ्यो र अमेरिका गएपछि सबैभन्दा नजिकको साथी हुनु भो ।

भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस्