राजनीति

यी मन्त्रीले पद त्याग्नु भन्दा अगाडीनै ओली आफैले हटाइदिने , जाने भयो यी मन्त्रीको कुर्सि

यी मन्त्रीले पद त्याग्नु भन्दा अगाडीनै ओली आफैले हटाइदिने , जाने भयो यी मन्त्रीको कुर्सि

राजनीति
काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्रबाट प्रत्यक्ष देखिने गरी मोर्चाबन्दी थालिएको संकेत मिलेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।ओलीविरुद्ध पार्टीभित्रैबाट मोर्चावन्दीको प्रयास विगतमा पनि पटक पटक भएको हो । तर, यस पटकको मोर्चावन्दी निक्कै गम्भीर देखिएको छ । जति गम्भीर मोर्चावन्दी गरिए पनि सरकारको स्थायित्वलाई कुनै खतरा नभएको दावी प्रधानमन्त्री ओली निकटकाहरूले गरेका छन् । पार्टीका प्रभावशाली नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी सचिवालयको बैठक बहिष्कार गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध मोर्चावन्दीको संकेत दिएका छन् । उनीहरूको मोर्चावन्दी दीर्घकालीन प्रकृतिको हुने नेकपाभित्रका जानकारहरू बताउँछन् ।ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको बैठकमा निर्धारित भन्दा १५ मिनट बित्दासम्म नआए
भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड

भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड

राजनीति
काठमाडौं– पछिल्लो समय नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा धेरै नेता कार्यकर्ता सामेल भए पनि काँग्रेसका चारजना नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचारी ठहर नै भइसकेका छन् । त्यस्तै सुडान घोटला काण्ड, लाउडा, चेज र धमिजालगायतका काण्डहरू नेपालका चर्चित भ्रष्टाचार काण्ड भनेर चिनिएका छन् । ‘नेपालमा भ्रष्टचारको मूल जरो नै राजनीति हो । राजनीतिकै आडमा भ्रष्टाचार मौलाएको छ’, ट्रान्स्परेन्सी इन्टरनेसल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको भनाइ छ । अधिवक्ता अर्यालका अनुसार नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको हो । तर, कतिपयले अख्तियारलाई बढी अधिकार
पाकिस्तानका प्रधानमन्त्री इमरानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिनः ओली

पाकिस्तानका प्रधानमन्त्री इमरानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिनः ओली

राजनीति
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे।पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसङ्ग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए। ‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने। यो खबर नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ,
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय : सरकारले मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा आवास बनाउने

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय : सरकारले मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा आवास बनाउने

राजनीति
काठमाडौं- सरकारले मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा आवास बनाउने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा क्वाटर बनाउने निर्णय गरेको सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए। त्यहाँ मन्त्रीहरुका लागि २७ वटा आवास बनाइनेछ। प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयका १४ वटा भवन बन्नेछन्। वर्तमान मन्त्री निवासलाई अतिथि भवनको रुपमा प्रयोगमा ल्याइने छ। अहिले मन्त्री निवास पुल्चोकमा रहेको छ। यी हुन् बैठकका निर्णय : १. प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेशनबाट गुड गोभर्नेन्स अवार्डसहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्
ओली प्रधानमन्त्री हुन् कि गल्लीका गुण्डा ?

ओली प्रधानमन्त्री हुन् कि गल्लीका गुण्डा ?

राजनीति
दिपक शर्मा –सरकारी टेलिभिजनमार्फत प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पदको गरिमा बिर्सेर ‘बुद्धिजीवीहरूलाई थला पार्ने’ भनेर दिएको अभिव्यक्ति देश र विदेशमा भाइरल बनिरहेको छ । सबैलाई थाहा छ, जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रम ओलीको गुणगान गर्नकै लागि बनाइएको हो । प्रधानमन्त्रीसँग साक्षात्कार गरिने यस अघिको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ भन्ने कार्यक्रम विवादित बनेपछि ओलीले आफ्ना किचन क्याबिनेटका एक सदस्यलाई हालको कार्यक्रमको रूपरेखा तयार गर्न लगाएका थिए । यत्र तत्र सर्वत्र आलोचित बनेको सरकारले लाज छोप्नको लागि कुनै उपाय नभेटेपछि कहिले पोल-पोलमा प्रधानमन्त्रीको फोटो टाँस्न थालेको छ भने कहिले राष्ट्रिय दैनिक पत्रिकाहरूलाई ओलीको अनुहार भएको ज्याकेटले छोप्न लगाएको छ । ओली सरकारको प्रचार मोहले यस सरकारलाई इतिहासकै सबभन्दा बदनाम र घटिया हो भन्ने देख
अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा

राजनीति
काठमाण्डौ । शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेको छ । पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेको छ । आफूहरुको माग वेवास्ता गरेको भन्दै अर्थमन्त्री डा. खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरिएको छ । शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्थमन्त्रीको राजीनामाको माग सहित अनशन बस्ने कुरा उल्लेख गरिएको छ । नेपाल स्टक एक्सचेन्जको कार्यालयमा मंसिर २३ गते बिहान १० बजेदेखि रिले अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।
अब के होला ? प्रधानमन्त्री ओली र भीम रावलबीच खुलेआम चर्काचर्की, भण्डाफोर गर्न उत्रिए भिम रावल (भिडियो)

अब के होला ? प्रधानमन्त्री ओली र भीम रावलबीच खुलेआम चर्काचर्की, भण्डाफोर गर्न उत्रिए भिम रावल (भिडियो)

भिडियो, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको आफ्नै दल नेकपाका प्रभावशाली नेता भीम रावलबीच चर्काचर्की चलेको छ ।एशिया प्यासेफिक सम्मेलनको विरोधमा पार्टीकै नेताहरू उत्रिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन्। तर स्वभावले नडग्ने प्रधानमन्त्रीले विरोधीहरूलाई चुनौती दिएका छन्, र भनेका छन् – कुरा काट्ने काटिरहुन्, जो सुकैले जे जे भनुन् सम्मेलन सफल भयो । प्रधानमन्त्रीको भनाइमा आकोश पोख्दै भीम रावलले उत्तर दिए-यो कार्यक्रम राष्ट्रिय लज्जाको विषय हो। पार्टीको घेरा नाघेर रावल प्रधानमन्त्रीकै विरुद्धमा ‘मिडियामा बोल्न बाध्य भएका’ छन्। यो उनकै भनाइ हो- ‘पार्टीमा बोल्ने कहीँ अवसर नपाएको र बैठकहरू हुन छाडेका कारण मिडियामा बल्नु बाध्यता भएको छ।’प्रधानमन्त्री-आधारहीन टिप्पणी गर्नेले टिप्पणी गरिरहुन्, तर यो कार्यक्रम भव्य सफल भयो।भीम रावल-कार्यक्रम भयङ्कर सफल भयो भनेर तर्क गर्नु पाखण्ड हो।भिडियोमा
सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्छ : प्रधानमन्त्री ओली

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्छ : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ ।‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गर्नुभयो । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक
नारायणी नदीमा पानी जहाज ल्याएर छाड्ने अध्यक्ष प्रचण्डको घोषणा, यस्तो किसिमको हुदै छ तयारी,(पुरा विवरण हेरी शेयर गर्नुहोस)

नारायणी नदीमा पानी जहाज ल्याएर छाड्ने अध्यक्ष प्रचण्डको घोषणा, यस्तो किसिमको हुदै छ तयारी,(पुरा विवरण हेरी शेयर गर्नुहोस)

राजनीति
नवलपरासी — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कोसेढुंगा साबित भएको बताएका छन् । यही मंसिर ११ गते सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना दूरगामी र ऐतिहासिक निर्णय भएको उनको भनाइ थियो । त्रिभुवन बालमावि कावासोतीको स्वर्ण महोत्सव उद्घाटनमा शुक्रबार अध्यक्ष दाहालले सरकारले ढिलै भएपनि गति लिएको भन्दै अब कसैले चाहेर पनि मुलुकको विकास नरोकिने ठोकुवा गरे । उनले प्रतिक्रियावादीले जहिले पनि कम्युनिष्टहरुविरुद्ध भ्रम छरिरहेको भन्दै अब दुई छिमेकीसँगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गतिदिने बताए । ‘उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध नयाँ शिराबाट मजबुद बन्दै गएको छ, अब विकासले गति लिनेमा कुनै शंका नगर्नु होस्’ उनले भने, ‘जहिले पनि प्रतिक्रियावादिहरुले हामीविरुद्ध भ्रम छरिरहेका छन्, संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टी बीचको एक
ओली सरकारलाई गगन थापाले दिए कडा चुनौती, भने जनतालाई सास्ती मात्रै दिने यो सरकारले लागू गरेको जोर–बिजोरको सबैले अवज्ञा गरौँ

ओली सरकारलाई गगन थापाले दिए कडा चुनौती, भने जनतालाई सास्ती मात्रै दिने यो सरकारले लागू गरेको जोर–बिजोरको सबैले अवज्ञा गरौँ

राजनीति
काठमाडाैं – सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको छ । अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन हुँदा समयमै कार्यालय पुग्नुपर्ने कर्मचारी, अस्पताल जान हिँडेका बिरामी, कलेजबाट फर्केका विद्यार्थी, मन्दिर हिँडेका तीर्थयात्रीलगायत अन्य सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य भए ।यात्रुहरू बस प्रतीक्षालयमा घन्टौँ कुर्न बाध्य- यात्रुहरू बस प्रतीक्षालयमा घन्टौँ कुर्न बाध्य भएका थिए । धेरैजसो झुन्डिएर यात्रा गर्न बाध्य भए भने हिँडेरै कार्यालय पुग्नेको सडकमा लाइन देखिन्थ्यो ।तारकेश्वर नगरपालिका– ५ बस्ने सुवास थापा झन्डै तीन घन्टाभन्दा बढी हिँडेर ललितपुर जावलाखेलस्थित कार्यालय पुगे । कार्यालय पुग्दा ११ बजिसकेकाले हाकिमको गालीसमेत खानुपरेको उनले बताए । महाराजगन्जका ७२ वर्षीय राजेन्द्रप्रसाद उपाध्याय ललितपुरस्थित