आफ्नै प्रतिसपर्धी नै शृंखलाका डायहार्ट फ्यान (भिडियोमा हेर्नुहोस)

काठमाडौं । चीनको सान्यामा जारी ‘मिस वल्र्ड’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । गत सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितेकी हुन् । आइतबार घोषणा भएको‘हेड टु हेड च्यालेञ्ज’मा भने श्रृंखला दोस्रो चरणमा सिंगापूरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

मिस वल्र्डमा धेरै महत्वका साथ हेरिने व्युटि विथ पर्पजमा श्रृंखलाले बनाएकी भिडियो २५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो । विश्वभरका ११८ देशका सुन्दरीले ‘मिस वल्र्ड २०१८’मा भिडियो लिएर गएका थिए । आयोजकले ११८ भिडियोहरुमध्ये २५ भिडियोलाई सर्टलिष्टमा राखेको थियो ।

यसरी छानिएका २५ भिडियोमध्ये श्रृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो । श्रृंखलाले मकवनपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यस समस्दायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । मिशन बानियाले श्रृंखलाले भिडियो निर्माणमा सहयोग गरेका थिए ।

गत सोमबार नै ‘मल्टिमिडिया अवार्ड’को घोषणा पनि भएको थियो । नेपालकी श्रृंखलालाई यो विधामा भने सुरुदेखिनै दाबेदार मानिदै आएको थियो । सामाजिक सञ्जालमा उपस्थिति, फलोअर इन्गेजमेन्ट, क्रिएटिभ कन्टेन्ट, र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा श्रृंखलाले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् ।

श्रृंखलाले फेसबुक, इन्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यमबाट दमदार उपस्थिति जनाएकी थिइन् । सामाजिक सञ्जाल बाहेक प्रतियोगीले मिल वल्र्डको आफ्नो यात्रालाई प्रस्तुत गर्ने शैली पनि निर्णयको आधारको रुपमा अगाडि सारिएको थियो ।

दुई विधाका अवार्ड जितेसँगै श्रृंखला फाइनलमा प्रवेश गरेकी छन् । अब ३० प्रतियोगीबाट १२ प्रतियोगी अर्को चरणमा पुग्नेछन् । सोही १२ प्रतियोगीबाट ५ जना अर्को चरणमा पुग्नेछन् । यिनै पाँचजनामध्ये एक जना मिस वल्र्ड बन्नेछ ।

मिस वल्डका प्रतिसपर्धी नै शृंखलाका डायहार्ट फ्यान भिडियोमा हेर्नुहोस:

(Visited 1 times, 1 visits today)

Similiar Post