जितु नेपालको दुखेसो – पहिलो शोमा नै नायिकाबाट धोका पाए, रिस गर्ने धेरै भए (भिडियो)

काठमाडौँ। अहिले नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। ‘जिरे खुर्सानी’ बन्द भएपछि उनले निर्देशक दीपाश्री निरौलालाई लिएर सानो पर्दामा फर्किएका छन्।

कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ। कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय रहेको छ।

पहिलो एपिसोड प्रसारण भएपछि उक्त कार्यक्रमले राम्रो चर्चा पाएको छ भने दर्शकले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया दिएका छन्। धेरैले नयाँ सुरुवात गरेको भन्दै तारिफ गरेका छन् भने कसैले भारतीय कमेडियन कपिल शर्माको कपी गरेको भन्दै गाली समेत गरेका छन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले दर्शकले गाली गर्दा केही नलाग्ने तर दर्शकले कार्यक्रम नहेर्दा दुख लाग्ने बताएका छन्।

उनले भनेका छन्- ‘विदेशी कलाकारलाई हामी नेपाली कलाकारसँग तुलना गरेर गाली गर्ने हैन। हामीले यती गर्न सक्यौ। त्यहीँ नै ठुलो कुरा हो। मैले जानेको गरेको हो। कता कता कपिलको शोसँग मिल्न गएको हो। कपिलको शो पनि फ्रेस हैन। अरुकै गरेको हो। संसार यो कसले सुरु गर्यो भन्ने नै हामी अनभिज्ञ छौ।’

हेर्नुस् उनीसँग सबस्त इन्टरटेनमेन्ट गरेको कुराकानी।

(Visited 1 times, 1 visits today)

Similiar Post