भर्खरै विवाह बन्धनमा बाँधिएकी दीपिकालाई लाग्यो ठूलो झट्का !

निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानलाई साथमा लिएर बनाउन लागेको नयाँ फिल्ममा नायीकाका रुपमा दिपीका पादुकोणलाई राख्ने भनिएको निर्णय परिवर्तन भएको छ ।

भर्खरै विवाहमा बांधिएकी दिपीका फिल्ममा खेल्न पाउने खबरले निकै उत्साहित भएकी थिइन् । तर उनको यो खुसी लामो समय टिक्न सकेन ।

खबरहरुका अनुसार भन्सालीको बिग बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुने बताइएको छ । जसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन् । जुन मित्रता पछि दुश्मनीमा बदलिनछ ।

भन्सालीको उक्त फिल्मबाट दीपिकाको नाम हटाइएको छ । फिल्म निर्माताले अब उक्त फिल्मका लागि अभिनेत्री अनुष्का शर्मालाई अफर गरेका छन् । यसरी दीपिकालाई फिल्मबाट हटाउनुलाई सलमान खान कारण रहेको बताइएको छ । दीपिका र सलमान बिचको सम्बन्धका कारण यो अफर दीपिकाले गुमाउनु परेको खबर भारतिय संचार माध्यमहरुमा आइरहेका छन् । सलमान खानले यसअघि दीपिका पादुकोणलाई धेरै पटक फिल्ममा काम गर्ने अफर गर्दै आएका थिए ।

तर दीपिकाले सलमान खानको उक्त अफरलाई पटक पटक अस्वीकार गर्दै आइरहेकी थिइन् । सलमान खान स्वयम दीपिकालाई बलिउड फिल्म उद्योगमा डेब्यु गराउन चाहन्थे तर दीपिकाले डेब्यूको लागि अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ लाई चुनिन् ।

यी सब कुराका कारण हो वा अन्य अरु नै कारण दीपिका पादुकोणले भने भन्सालीको फिल्ममा काम गर्ने मौका गुमाइसकेकी छिन् । अब अनुष्का शर्माले उक्त अफरलाई स्वीकार गर्लिन् वा नगर्लिन् त्यो भने केही दिनमा थाहा हुनेछ ।

(Visited 1 times, 1 visits today)

Similiar Post