मनाङको आइस लेकमा अनमोल र झरना थापाकी छोरी सुहानाको मस्ती, हेर्नुहोस् तस्विर

काठमाडौं। नायिकाबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गर्न लागेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को अहिले धमाधम छायाँङ्कन हुँदैछ। अहिले फिल्मको छायाकंन मनागंमा भइरहेको छ ।। ए मेरो हजुर ३ मा अनमोल र निर्देशक झरना थापाकी छोरी सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ।

चलचित्रमा सञ्जय लामाको छायाँङ्कन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ।यसक्रममा यो चलचित्रमा रहेको एउटा गीतको छांयाकन मनाङमा गरिएको छ। जसको तस्विर सार्वजनिक भएको छ। जुन गीतको छायांकन मनाङस्थित ४०७५ मिटर उचाइमा रहेको आइस लेकमा गरिएको हो।

नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर्ड गीतमा राहुल शाहको कोरियोग्राफर छ भने प्रतिक अधिकारी र आशिष अविरलको संगीत रहेको छ। तस्विरमा यी दुई जोडी निकै रोमान्टिक मुडमा देखिएका छन्। फिल्म चैत्र २७ गतेदेखी प्रदर्शनमा आउदैछ । हेर्नुहोस तस्विर

(Visited 1 times, 1 visits today)

Similiar Post