अब के होला ? प्रधानमन्त्री ओली र भीम रावलबीच खुलेआम चर्काचर्की, भण्डाफोर गर्न उत्रिए भिम रावल (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको आफ्नै दल नेकपाका प्रभावशाली नेता भीम रावलबीच चर्काचर्की चलेको छ ।एशिया प्यासेफिक सम्मेलनको विरोधमा पार्टीकै नेताहरू उत्रिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन्। तर स्वभावले नडग्ने प्रधानमन्त्रीले विरोधीहरूलाई चुनौती दिएका छन्, र भनेका छन् – कुरा काट्ने काटिरहुन्, जो सुकैले जे जे भनुन् सम्मेलन सफल भयो ।

प्रधानमन्त्रीको भनाइमा आकोश पोख्दै भीम रावलले उत्तर दिए-यो कार्यक्रम राष्ट्रिय लज्जाको विषय हो। पार्टीको घेरा नाघेर रावल प्रधानमन्त्रीकै विरुद्धमा ‘मिडियामा बोल्न बाध्य भएका’ छन्। यो उनकै भनाइ हो- ‘पार्टीमा बोल्ने कहीँ अवसर नपाएको र बैठकहरू हुन छाडेका कारण मिडियामा बल्नु बाध्यता भएको छ।’प्रधानमन्त्री-आधारहीन टिप्पणी गर्नेले टिप्पणी गरिरहुन्, तर यो कार्यक्रम भव्य सफल भयो।भीम रावल-कार्यक्रम भयङ्कर सफल भयो भनेर तर्क गर्नु पाखण्ड हो।भिडियोमा हेर्नुस् प्रधानमन्त्री ओली र भीम रावलबीचको जुहारीः

(Visited 1 times, 1 visits today)

Similiar Post