विश्वमै सबैभन्दा सस्तो र इलेक्ट्रिक गाडी चढ्ने पहिलो राष्ट्रपति विद्या भण्डारीमाथी प्रहार किन ?

काठमाडौ । राष्ट्रपति भण्डारीमा महंगो गाडी चढ्ने रहर भइदिएको भए सबै सुविधासम्पन्न गाडी छाडेर उनीले साठी लाख पर्ने इलेक्ट्रिक गाडी किन चढनुहुन्थ्यो रु विश्वमै सैभन्दा सस्तो र इलेक्ट्रिक गाडी चढ्ने भण्डारी पहिलो राष्ट्रपति हुन् । चीनको बिवाईडीका अनुसार विश्वमै पहिलो पटक नेपालको राष्ट्रपतिले इलेक्ट्रिक गाडी खरिद गरेर अनुकरणीय उदाहरण दिनुभएको छ । वातावरण सचेतनाका लागि यो एउटा राम्रो उदाहरण हो । अहिले राष्ट्रपति भण्डारीले ‘कारगेट’मा बाहेक अन्य औपचारिक कार्यक्रममा जाँदा त्यही इलेक्ट्रिक गाडी चढनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी हिजोआज पत्रपत्रिकामा छापिएका समाचार, सम्पादकीय र टिप्पणीका कारण पक्कै पनि दुःखी भएको हुनुपर्छ । किनभने, उहाँ पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा तिनै पत्रपत्रिकाले नेपालको पहिलो महिला राष्ट्रपति भनेर बडो गर्वका साथ ‘हेडलाइन’ समाचार छापेका थिए । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भएकी भण्डारीलाई विश्वका मिडियाले पनि चर्चाको शिखरमा पुर्याएका थिए । किनभने, नेपालको संविधानमा उल्लेखित समावेशी शब्दको राष्ट्र प्रमुखमा यो पहिलो प्रयोग थियो ।

तर, अहिले आएर तिनै राष्ट्रपति भण्डारीलाई महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानको जग्गा र राष्ट्रपति कार्यालयको लागि नेपाल सरकारले सवारीसाधन खरिद गर्न बजेट छुट्याएको कुरालाई लिएर पत्रपत्रिकाले निकै उछालेका छन् । यसले नेपाली मिडियाको चेतनास्तर र दूरदर्शितालाई उजागर गरेको छ । किनभने, राष्ट्रपति भवनको विस्तार र त्यसको सेवासुविधाका विषय राष्ट्रपतिको चाहनाले हुने कुरा होइन । त्यो राज्यको आवश्यकताको कुरा हो । विश्वमा जहाँ पनि राष्ट्रपति भवन सभ्य र भव्य हुन्छ । यहाँ त राष्ट्रपति भवन नै छैन भने पनि हुन्छ । परराष्ट्र मन्त्रालय बसेको पुरानो भवनलाई डेन्टिङ पेन्टिङ गरेर राष्ट्रपति भवनको आवरण दिइएको छ ।

त्यो पनि भूकम्पका कारण चिराचिरा परेको अवस्था छ । त्यो जीर्ण भवनलाई आधुनिक सुविधासम्पन्न बनाउनु भनेको व्यक्तिको होइन, राष्ट्रको प्रतिष्ठासँग गाँसिएको विषय हो । राष्ट्रपति कार्यालय भन्नासाथ विश्वका राष्ट्र प्रमुख, प्रधानमन्त्री र कूटनीतिक नियोगको प्रमुखहरु औपचारिक कार्यक्रममा आउने थलो हो । त्यस्तो ठाउँलाई विस्तार गर्नु राष्ट्रकै गौरवको कुरा हो । यस्तो कुरामा पत्रपत्रिका र सामाजिक सञ्जाल सकारात्मक मात्र होइन रचनात्मक पनि बन्नुपर्छ । भारतकै राष्ट्रपति भवनको कुरा गर्ने हो भने पनि त्यहाँभित्र राष्ट्रप्रमुखका अति विशिष्ट पाहुनाहरुलाई बस्ने अतिथिगृह, बैठक कक्षदेखि विदेशी राष्ट्र प्रमुखको सम्मान गारतका लागि सुविधासम्पन्न प्राङ्गण सुविधा छ । त्यो प्राङ्गण वरपर सुन्दर फूलका बगैँचा छन् । यसो भन्दा आलोचना गर्नेहरुले भन्न सक्लान(भारत ठूलो देश हो । त्यसको तुलना किन गर्ने रु देश ठूलो सानो भए पनि राष्ट्र प्रमुखको समान हैसियतको हुन्छ । विश्वभर राष्ट्रपति भवनको जुन मापदण्ड छ, त्यसबमोजिम राष्ट्रपति भवन बनाउँदा नेपालीको इज्जत बरु बढ्ला, घट्दैन ।

अर्को कुरा जनताकी छोरी राष्ट्रपति भएपछि जनताकी छोरीजस्तै व्यवहार हुनुपर्छ भन्ने आम मान्यता छ । यो सकारात्मक कुरा हो । हो, राष्ट्रपतिको भ्रमणमा घण्टौँघण्टा सवारीजाम हुने गरेको छ । त्यसले जनतालाई ठूलो सास्ती भएको छ । त्यसैले राष्ट्रपतिको आगमनमा हुने सवारी जामको समस्यालाई हल गर्ने एउटै उपाय भनेको राष्ट्रपति भवनभित्रै हेलिप्याड हुनुपर्छ । त्यसो भयो भने राष्ट्रपतिको सवारी सडकबाट होइन, हेलिकोप्टरबाट भए सधैँको लागि ‘सवारी जाम’को समस्या हल हुन्छ । यी र यस्ता समस्या हल गर्नकै लागि राष्ट्रपति कार्यालय विस्तार गरिन लागेको हो भन्ने कुरा मिडियाले सर्वसाधारण जनतालाई बुझाउन सक्यो भने मात्रै आम जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ ।

जहाँसम्म अठार करोडको सवारीसाधन खरिद गर्न सरकारले राष्ट्रपति कार्यालयका लागि बजेट छुट्याएको प्रसंग छ, त्यो पनि आवश्यकता हेरेरै सरकारले गरेको निर्णय होला । तर, त्यो निर्णयलाई मिडियाले ‘अठार चक्के’ सवारीसाधन खरिद गर्न लागेको जस्तै गरी प्रचार गरियो । जनताले पनि त्यही रुपमा बुझे । वास्तवमा सरकारले ‘अठार चक्के’ ट्रक किन्न खोजेको होइन । विदेशी पाहुनालाई समेत सुविधा हुने गरी विभिन्न खालका चार, पाँचवटा अत्याधुनिक गाडी किन्न खोजेको समाचार बाहिर आएको छ । यो कुरालाई सामाजिक सञ्जालले आकाशै खस्लाजस्तो गरेर टिप्पणी गरेका छन् । आलोचना गर्न पाउनु नागरिकको अधिकार हो । कौवाले कान लग्यो भन्दैमा कौवाको पछाडि दगुर्नुचाहिँ मूर्खता हो । सामाजिक सञ्जाल सकारात्मक कुरामा भन्दा नकारात्मक कुरामा बढी केन्द्रित देखिन्छ । यसले सामाजिक सञ्जाल प्रदूषित पनि हुँदै गएको छ । त्यसलाई कसरी प्रदूषणमुक्त बनाउने भन्ने सकारात्मक सोच पनि बागमती सफा गर्नुपर्छ भन्ने चेतनाले युक्त सचेत नागरिकले सोच्नुपर्ने बेला आएको छ ।

राष्ट्रपति भण्डारीमा महंगो गाडी चढ्ने रहर भइदिएको भए सबै सुविधासम्पन्न गाडी छाडेर उनीले साठी लाख पर्ने इलेक्ट्रिक गाडी किन चढनुहुन्थ्यो रु विश्वमै सैभन्दा सस्तो र इलेक्ट्रिक गाडी चढ्ने भण्डारी पहिलो राष्ट्रपति हुन् । चीनको बिवाईडीका अनुसार विश्वमै पहिलो पटक नेपालको राष्ट्रपतिले इलेक्ट्रिक गाडी खरिद गरेर अनुकरणीय उदाहरण दिनुभएको छ । वातावरण सचेतनाका लागि यो एउटा राम्रो उदाहरण हो । अहिले राष्ट्रपति भण्डारीले ‘कारगेट’मा बाहेक अन्य औपचारिक कार्यक्रममा जाँदा त्यही इलेक्ट्रिक गाडी चढनुहुन्छ । यसको चिनियाँ मिडियाले निकै प्रशंसा गरेको छ । तर, नेपालमा भने आफ्नै राष्ट्रपतिको अपमान गर्ने काम भएको छ । कहाँसम्म भने राष्ट्रपतिका लागि गाडी किन्न पशुपतिनाथमा चन्दा संकलन गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । राष्ट्रपति भण्डारी केही वर्ष अगाडि जानकी मन्दिरको दर्शन गरेर फर्किएपछि विधवाले पाइला टेक्यो भनेर त्यहाँका जनताले जानकी मन्दिरको प्राङ्गण पानीले धोईपखाले । त्यो भन्दा पनि बौद्धिक दरिद्रता चन्दा संकलन गर्ने काममा देखियो । यसले हाम्रो चेतनास्तर कहाँ पुग्यो भन्ने कुरालाई संकेत गर्छ । यति ठूलो बलिदानीपछि नेपालमा गणतन्त्रको स्थापना भएको छ । त्यसलाई संस्थागत गर्ने क्रममै मिडिया र सामाजिक सञ्जाल खनिने हो भने लोकतन्त्रको माध्यमबाट हाम्रो चेतनास्तर उठ्न कति समय लाग्ने हो र सुखी नेपाली समृद्ध नेपालको चाहना कहिले पूरा हुने हो भनेर सोच्ने अवस्था आएको छ । दृष्टिबाट

(Visited 1 times, 1 visits today)

Similiar Post