झुक्किएर पनि मोबाइलमा यी ४ कुरा सेभ नगर्नु गरे सजिलै हुन्छ लिक, हुनेछ जीवन बर्वाद ! जानी राखौ

हामी पछिल्लो समय पुरै प्रविधियुक्त साधनमा निर्भर भएका छौ । दिमागलाई कति दुख दिन चाहान्नौँ । यसैले हरेक कुरा मोबाईल वा अरु डिभिाईसमा सेभ गर्ने चाहिएको बेला हेर्ने बानी छ ।

तर सम्भिने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न गरेको यो कार्यले धेरैलाई पछुतो महसुस गराई सकेको छ । यसैले हामी सचेत गराउँदैछौ । मोबाइल फोनमा आफ्ना संवेदनशील सूचना, तस्वीर, लगायतका चिजहरु सेभ गर्ने गर्नुभएको छ भने सावधान । तपाइँले आफ्नो मोबाइलमा कहिल्यैपनि यी चिजहरु सेभ नगर्नुहोस्ः

पर्सनल नम्बरः कहिलेकाहीँ मानिसहरु आफ्नो नागरिकता नम्बर, पासपोर्ट नं. , प्यान नम्बर, बैंक अकाउन्ट नम्बर आदि समेत आफ्नो मोबाइलमा सेभ गर्दछन् । आकस्मिक रुपमा आवश्यक परेमा तत्कालै प्राप्त गर्न सकिने सजिलोका लागि मानिसहरुले यसो गरेका हुन्छन् । तर यस्ता नम्बरहरु गोप्य तथा संवेदनशील हुन्छन् । त्यसैले भुलेर पनि आफ्नो मोबाइलमा सेभ नगर्नुहोस् ।

पासवर्ड आजकल हरकोहीका इन्टरनेटमा विभिन्न अकाउन्ट हुन्छन् । त्यसैले मानिसहरुसँग धेरै भन्दा धेरै इन्टरनेट अकाउन्टका पासवर्ड हुन्छ । धेरै पासवर्ड भएपछि स्मरण गर्न गाह्रो हुने भएकाले धेरैको बानी हुन्छ त्यस्ता पासवर्डलाई मोबाइलमा सेभ गरिराख्ने । त्यो गरेपछि न त पासवर्ड सम्भिmनैपर्ने झण्झट, न त भुलिने डर ।

तर यसरी पासवर्ड मोबाइलमा सेभ गरेर राख्नु राम्रो हुँदैन । अझ अनलाइन सपिङ साइट तथा अनलाइन बैक अकाउन्टको पासवर्ड भुलेर पनि मोबाइलमा सेभ नगर्नुहोस् । मोबाइल चोरी भएको वा अरु कसैको हातमा परेको स्थितिमा अर्को व्यक्तिले तपाइँको पासवर्ड दुरुपयोग गर्न सक्दछ ।

आफ्ना संवेदनशील फोटो तथा भिडियोः आफ्नो सरीरका कुनैपनि खालका निजी फोटो खिच्ने स्वतन्त्रता तपाइँलाई हुन्छ । तर आफ्ना त्यस्ता निजी फोटो तथा भिडियोहरु जुन अरुले नहेरुन् भन्ने चाहनुहुन्छ वा अरुले देख्दा तपाइँको प्रतिष्ठामा धक्का लाग्छ, त्यसलाई कहिल्यैपनि मोबाइल फोनमा सेभ गरेर नराख्नुस् । खासगरी आफ्ना अन्तरंग पलका तस्वीर तथा भिडियोलाई मोबाइलमा सेभ गर्ने कार्यबाट टाढै रहनुहोस् ।

डेबिट तथा क्रेडिट कार्डको तस्वीरः कहिलेकाहीँ मानिसहरु आफ्ना आवश्यक दस्तावेज, जस्तै डेबिट तथा क्रेडिट कार्ड समेतको फोटो खिचेर आफ्नो मोेबाइल्मा राख्ने गर्दछन् । यसमा त किार्डको दुबैतर्फको फोटो हुने भएकाले त्यसमा कार्डको नम्बर, एक्साएरी डेट लगायतका जानकारीहरु देखिन्छन्, जुन तेश्रो व्यक्तिले प्राप्त गरेर दुरुपयोग गर्ने सम्भावना पनि हुन्छ ।

(Visited 1 times, 1 visits today)

Similiar Post